• भदौ १, २०७९
  • जुनकिरी खबर

धरानमा फरक क्षमता भएकी बालिकामाथि करणी, घरबेटी पक्राउ

alt

धरानमा बालिका करणी गरेका आरोपमा एक जना पक्राउ परेका छन् । फरक क्षमता भएकी बालिकालाई करणी गरेको आरोमा ८ नम्बर वडा स्थित गुराँस चोक  नजिकै ५२ वर्षीय व्यक्ति पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले  जनाएको छ ।  कार्यालयका अनुसार करिब २ महिना अघि करणी गरेका भन्दै बालिकाले दिएको उजुरीका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । 

आरोपी उक्त पुरुष पक्राउ परेसँगै हिजै बालिकाको स्वास्थ्य परीक्षण गराइएको र स्वास्थ्य परीक्षणका क्रममा डाक्टरको रिपोर्टका अनुसार बालिका गर्भवती रहेको बताइएको छ । पक्राउ परेका पुरुषलाई  सुनसरी जिल्ला अदालतबाट म्याद थपको प्रक्रिया भइरहेको कार्यालयले जनाएको छ । 

बोल्न र राम्रोसँग हिँड्न नसक्ने ती १६ वर्षीय बालिका  आरोपी पुरुषको घरमा डेरा गरी बस्ने गरेको प्रहरीले जनाएको छ ।  घरका  बुबा–आमा नभएको बेलामा करणी गरीको भए पनि बालिकाको रजस्वला रोकिएको र बान्ता गर्न थालेपछि सोधपुछ गर्दा करणी भएको र  गर्भवती समेत रहेको खुलेको बालिकाकी आमाले बताएकी छिन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]