• भदौ २, २०७९
  • जुनकिरी खबर

प्रेस चौतारी इटहरीद्धारा फोटोसप र भिडियो मिक्सीगं तालिम सञ्चालन

alt

मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना अवका दिनमा पत्रकारिता गर्न नसकिने तर्फ मध्यनजर गर्दै इटहरीमा पत्रकारहरुका लागि सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी आधारभुत तालिम सञ्चालनमा ल्याइएको छ । प्रेस चौतारी नेपाल इटहरी नगर कमिटीले सुचना प्रविधिका क्षेत्रमा पत्रकारहरुलाई दक्षता प्रदान गर्ने उद्धेश्यले सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी तालिम सञ्चालनमा ल्याएको हो ।

पत्रकारहरुले अबका दिनमा मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना गर्न नसक्ने तर्फ मध्यनजर गर्दै फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी तालिम सञ्चालनमा ल्याइएको आयोजक प्रेस चौतारी इटहरीका अध्यक्ष रेवती निरौलाले जानकारी दिए । इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यमा सुरु भएको तालिममा २० जना पत्रकारहरुको सहभागिता रहेको छ ।

इटहरीको व्रिटिश एजुकेशनको सभा हलमा सञ्चालन भई रहेको तालिममा विसप ताम्राकार , हिमाल दाहाल तथा व्रिटिश एजुकेशनका आइ टि इन्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्बन्धी र दिपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सीगं सम्वन्धीत सहभागीहरुलाई सहजिकरण गर्ने आयोजक संस्थाका उप सचिव खगेन्द्र विकले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]