• भदौ १०, २०७९
  • जुनकिरी खबर

माओवादी अध्यक्ष प्रचण्डले सर्दुमा रोपे विरुवा

alt

पुर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानको सर्दु खोलामा विरुवा रोपेका छन् । 

पार्टीको कार्यक्रम तथा जेबी टुहुरे फाउण्डेशनको कार्यक्रममा सहभागी हुन धरान आइपुगेका प्रचण्ड सबैभन्दा पहिला धरान १३ स्थित सर्दु खोला पुगेका थिए । त्यहाँ उनले जेबी टुहुरेलाई सम्झिएर मेयर साम्पाङसँगै विरुवा रोपेका थिए । विरुवा रोपिसकेर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै प्रचण्डले मेयर साम्पाङ र आफ्नो पार्टीबाट निवार्चित उपमेयर अइन्द्र बेघाको जोडी मिलेको भन्दै प्रशंसा पनि गरे ।

उनले मेयर साम्पाङको कामलाई देशभरबाट गम्भीरतापुर्वक हेरिरहेको भन्दै कम्युनिष्ट र माओवादीहरुले गर्नुपर्ने काम गरिरहेको भन्दै थप प्रशंसा पनि गरेका थिए । उनले पार्टीका कार्यकर्ताहरु र श्रमजिविहरुलाई मेयर साम्पाङको व्यवहार र आचरणबाट प्रेरणा लिन पनि आग्रह गरे। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]