• भदौ १३, २०७९
  • जुनकिरी खबर

इटहरी चोकको तीन सय मिटर वरपर पार्किङ्ग निषेध

alt

इटहरी चोकबाट ३ सय मिटर वरपर कुनै पनि सवारी साधन पार्किङ्ग गर्न नपाइने भएको छ । इटहरी उपमहानगरपालिमामा सोमबार बसेको नागरिक समाज सहितको बैठकले भदौ १४ गते मंगलबारबाट लागु हुनेगरी यस्तो निर्णय गरेको इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले बताएका छन् । 

३ सय मिटर वरपर कुनै पनि सवारी पार्किङ्ग गर्न नपाउने तथा सडकमा निर्माण सामग्री राख्न निषेध गर्नेसमेत निर्णय गरिएको छ । सडकको क्षेत्राधिकार तथा सार्वजनिकस्थलमा निर्माण सामग्री तथा व्यावसायिक सामग्री राख्न निषेध गर्ने निर्णयसमेत गरेको छ । 

सोका लागि वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेलको अध्यक्षतामा एउटा कार्यदलसमेत बनाइएको छ । सह संयोजक जितेन थापा, ट्राफिक प्रहरी निरीक्षक राकेश रेग्मी, इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक विष्णु खड्का, मानबहादुर कटुवाल, उद्योग वाणिज्य संघका विष्णुनारायण डाँगी, सदस्य हेम भण्डारी, नागरिक समाजका सुरेन्द्र तामाङ्ग, ६ लेन परियोजनाबाट रोहित तामाङ्ग, र बसपार्क व्यवस्थापनका तर्फबाट सोम ढकाल सहितका प्रतिनिधि राख्दै इटहरी उपमहानगरको सवारी शाखाका गणेश ढुङ्गाना रहने गरी कार्यदल बनाइएको छ ।

कार्यदलले इटहरीमा रहेको पार्किङ्गका समस्या केलाउने र के गर्न सकिन्छ भनेर सुझाव सहितको प्रतिवेदन दिनेगरी अधिकार दिइएको उपमहानगरपालिकाले बताएको छ । जसका लागि नगरपालिकाले माइकिङ्ग गर्ने र सार्वजनिक रुपमा जानकारी गराउने उपमहानगरले बताएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]