• भदौ १८, २०७९
  • जुनकिरी खबर

सुनसरीमा दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु

alt

पूर्व पश्चिम राजमार्गको सुनसरीको कोसी गाउँपालिका खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार विहान कोसी गाउँपालिका–११ पूर्वपश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको बा ६० प ४४९२ नम्बरको  मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार सप्तरी फत्तेपुर– ५ बस्ने  ३५ वर्षीय प्रकाश गोजेवार र सप्तरी सप्तकोशी– ६ का  ३६ वर्षीय दुर्गानन्द चौधरी गम्भिर घाइते भएका थिए । दुवैलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो ।

गोजेवारको इनरुवा र चौधरी थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ । मृतक दुवै नेपाल प्रहरी हुन । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]