• असोज २५, २०७९
  • जुनकिरी खबर

महिला बचतको २४औं बार्षिक साधारणसभा वडा स्तरबाट सुरु

alt

इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४औं बार्षिक साधारण सभा वडा स्तरबाट सुरु गरेको छ ।

सुनसरी र मोरगं जिल्लाका विभिन्न ठाउँ गरी ६ वटा सेवा केन्द्र रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बार्षिक साधारण सभा अन्तरगत इटहरी उपमहानगरपालिकाको वडा नम्बर ४मा वार्षिक साधारण सभा आयोजना गरेको हो ।
एमालेका नेता तथा सुनसरी क्षेत्र नम्बर २बाट प्रतिनिधि सभाका उमेदवार समेत रहेका भिमप्रसाद आचार्यको प्रमुख आतिथ्यमा आयोजित वडा स्तरीय बार्षिक साधारण सभामा इटहरी वडा नम्बर ४का जनप्रतिनिधिहरुलाई सम्मान गरियो । सम्मानीत हुनेहरुमा वडाध्यक्ष भक्त लामा , महिला सदस्य लक्ष्मी चापागाई , दलित महिला सदस्य दिलु बराईली सदस्यहरु अमृत बहादुर बस्नेत र विश्वेस्वर प्रसाद शर्मा रहेका छन । संस्थाकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता रहेको साधारणमा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा २०५५सालमा ७५ शेयर सदस्य तथा एक लाख सेयर पुँजीबाट सुरु गरिएकोमा हाल आएर ९हजार १सय ६९ शेयर सदस्य तथा शेयर पुँजी ७ करोड ८५ लाख ७हजार २सय र निक्षेप ५५ करोड १०लाख ७८हजार ३सय ७० रुपैंया रहेको उल्लेख गरियो । कार्यक्रममा १नम्बर प्रदेश सभाका सदस्य तथा एमाले नेता सर्वध्वज साँवा एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी लगायतका अतिथीहरुको पनि सहभागिता रहेको थियो । महिला बचत तथा ऋण सहकारी संस्थाका सुनसरीमा खनार , पकली , तालतलैया , इटहरी , तरहरा र मोरगंको बुढीगंगामा सेवा केन्द्र रहेका छन भने इटहरी ४मा केन्द्रीय कार्यालय रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]