• कार्तिक ५, २०७९
  • जुनकिरी खबर

कन्टेनर चालकमाथि लुटपाट गर्ने गिरोह पक्राउ

alt

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका-४ मा कन्टेनर चालकमाथि लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

सडकमा पार्किङ गरेर राखिएको ना ६ ख ६३९९ नम्बरको कन्टेनरका चालक सिन्धुपाल्चोकको चौतारा घर भएका ४३ वर्षीय रामबहादुर गिरीमाथि एक साताअघि लुटपाट भएको थियो। 

गिरी सडकमा पार्किङ गरिएको कन्टेनरमा सहचालक सप्तरीको शम्भुनाथ घर भएका २३ वर्षीय रोशन चौधरीसँगै सुतेका थिए। 

निदाएको समयमा चालक गिरीमाथि असोज ३० गते राति ३ जना अपरिचित युवाहरूको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ढोका खुलै राखेर कन्टेनरभित्र सुतेका गिरीले लगाएको २ तोला १३ आनाको सुनको सिक्री, ३ तोला ८ आनाको ब्रासलेट तथा साथमा भएको ४५ हजार नगद, पर्स, मोबाइल र एटीएम कार्ड लुटपाट गरिएको थियो। 

त्यही घटनामा संलग्न गिरोहलाई इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-९ बैगुनधुराका १९ वर्षीय मुकेश खतिवडा, धनकुटाको महालक्ष्मी नगरपालिका-१ लेगुवाका २२ वर्षीय हेमबहादुर बस्नेत र धनकुटाको खाल्साछिन्ताङ-शहीदभूमि गाउँपालिका-४ का २७ वर्षीय सागर भनिने शरण राई रहेका छन्।  लुटपाटमा शरणको संलग्नता यकिन भइसकेको छैन। चालक गिरीबाट लुटिएको सुनका गहना सुनसरीको इटहरीस्थित कोठाबाट बरामद भएकाले उनलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्नले लुटपाट गरेको गहना शरणलाई बेचेको हुनसक्ने प्रहरीको अनुमान छ। उनी शुक्रबार राति इटहरीबाटै पक्राउ परेका हुन्। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]