• कार्तिक १८, २०७९
  • जुनकिरी खबर

तरुण दल सुनसरीले एक बुथ २० युथ खटाउने

alt

नेपाली कांग्रेसको भात्री संगठन तरुण दल सुनसरीले वान बुथ २० युथ खटाउने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै ‘१ बुथ २० युथ’ खटाउने भएको जानकारी तरुण दल सुनसरीका सभावति सिजन गुरुङले दिए ।

‘त्यसरी खटिज युथहरुले त्यहाँ स्वयमस्वको काम पनि गर्ने छन् ।’ सभापतिले भने, ‘बुथको सुरक्षा पनि गर्ने छन् ।’ सभापति गुरुङका अनुसार गठबन्धनका प्रतिनिधिहरुलाई जिताउन सुनसरीका ४ वटै क्षेत्रको सवै क्षेत्र, नगर र वडा स्तरीय तरुण दलको प्रतिनिधि खटाइएको बताए । ‘केही क्षेत्रमा खटाई सकेका छौँ ।’ सभापति गुरुङले भने, ‘केही क्षेत्रमा बाकी छ त्यो पनि चाडो भन्दा चाडो खटाउने छौँ ।’

सुनसरी–४ मा केही दिन यता मात्र तरुण दलले कार्यकर्ता भेला गरेर दरुन दलको चुनावी कमान्डर खटाएको सभापति गुरुङले जानकारी दिए । उनका अनुसार सुनसरी–४ मा क्षेत्र स्तरीय, नगर स्तरीय, वडा स्तरीय र टोल स्तरीय चुनावी कमान्डर परिचालन गरेको जानकारी दिएका छन् ।

खटिएका तरुण दलका कमान्डरले आम जनतालाई कांग्रेसको सिद्धान्त, किन भोट दिने?, कांग्रेसको घोषणापत्रमा के छ?, अन्य दलले मतदाता प्रभावित पार्न (पैसा निदे, अनेका प्रलोभनमा फसाउने) गर्नसक्ने कुराको पनि निगरानी गर्ने सभापतिको भनाई छ ।

‘हामीले सवै निर्वाचन क्षेत्रमा तरुण दलको प्रतिनिधि खटाउने हो ।’ सभापति भन्छन्, ‘आज र भोलि भित्र नै सुनसरी–२ मा पनि तरुण दलको चुनावी कमान्डर खटाउने छौँ ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]