• कार्तिक २१, २०७९
  • जुनकिरी खबर

सुनसरीमा मादक पदार्थ बिक्री वितरण र सेवन निषेध

alt

सुनसरीमा आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभए सम्मका लागि मादक पदार्थ बिक्री वितरण र सेवन निषेध गरेको छ । 

मङ्सिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०७९ कार्तिक २० देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि सुनसरी जिल्लाभर मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवन कार्य निषेध गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरी सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हस्ताक्षर गरी एक सूचना समेत जारी गरेको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]