इटहरीमा व्यवसायीहरूले बैँक तथा वित्तीय संस्था घेरेका छन् । राष्ट्र बैँकले चर्को ब्याजदर वृद्वि गरेका कारण उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न वस्तुगत संस्थाहरूले बैँक तथा वित्तीय संस्था घेरेका छन् ।
दर्जनौँको संख्यामा भेला भएका व्यवसायीहरूले बैँकको आतंक बन्द गर्न माग गर्दै आन्दोलन गरेका थिए । ‘पुरानो ब्याजदर कायम गर’, ‘बैँक माफिया मुर्दावाद’, ‘व्यवसायी एक हौँ’, जस्ता नारा लगाउँदै आन्दोलन गरेका थिए ।
इटहरीको राष्ट्रिय वाणिज्य बैँकसहित इटहरीका आधा दर्जन बढी बैँकमा उनीहरूले आन्दोलन गरेका थिए । उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेलले बैँक तथा वित्तीय संस्थाले व्यवसायीलाई चरम मारमा पर्नेगरी ब्याजदर वृद्वि गरेकाले तत्काल ब्याजदर फिर्ता लिन माग गरे । विरोध कार्यक्रमपछि कोणसभामा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली, रेडिमेड व्यवसायी संघ इटहरीका अध्यक्ष सीताराम सापकोटा, उवासंघका पूर्व महासचिव टंक खनाल, सुनचाँदी व्यवसायी संघ इटहरीका अध्यक्ष टीका लामगादे लगायतले बोल्दै राष्ट्र बैँकले लगाएका नयाँ नीति विरुद्व चर्को आवाज उठाउनुपर्ने बताएका थिए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved