• मंसिर ९, २०७९
  • जुनकिरी खबर

द्वारिकलाललाई हराउदै एमालेका रेवतीरमण विजयी

alt

सुनसरी क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्यमा नेकपा एमालेका रेवतिरमण भण्डारी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धन (नेकपा माओवादी केन्द्र) का द्वारिकलाल चौधरीलाई २ हजार ६८० मतान्तरले पराजित गरेका हुन् । 
 
विजयी भण्डारीले १४ हजार ५३८ मत पाए भने पराजित चौधरिले ११ हजार ८४५ मत ल्याए । त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन बहादुर खत्रीले ९ हजार ३२२ र चौथो स्वतन्त्र उम्मेदवार बनेका दीपेन्द्र घिमिरेले ३ हजार २०८ मत पाए । तर निर्वाचन आयोगले औपचारिक घोषणा भने गरेको छैन । 
 
प्रत्यक्ष तर्फको मत समानुपातिकको बाकसमा भेटिने गरेकाले त्यस्ता मतलाई सदर गर्ने निर्णय भएकाले केही मत तलमाथि हुन सक्ने भन्दै घोषणा गर्न ढिलाइ भएको जनाएको छ। अबको केही समयमै घोषणा गर्ने समेत जानकारी दिएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]