• मंसिर १०, २०७९
  • जुनकिरी खबर

सुनसरी ४ को मतगणना आइतबार ८ बजेसम्मको लागि स्थगित

alt

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार बिहान ८ बजेसम्मको लागि मतगणना स्थगित गरेको छ । सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै मतगणना रोकिएको थियो । कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद सुरु भएको छ ।

शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप कार्कीले लगाएका थिए । कार्कीको आरोपपछि निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । तर त्यसमा कुनै सहमति नभएपछि मतगणना नै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ९८ मतले अघि छन् । कार्कीले २३ हजार ४३९ र कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]