• मंसिर १२, २०७९
  • जुनकिरी खबर

सुनसरी १ मा एमाले जसपा-गठबन्धनका उम्मेदवार अशोक राई विजयी

alt

सुनसरी क्षेत्र नं.१ मा एमाले-जसपा गठबन्धनका उम्मेदवार अशोक राई विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) लाई ४५३ मतले पछि पार्दै जसपा नेपालका उम्मेदवार अशोक कुमार राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 
 
सोमबार बिहान सम्पन्न भएको मतगणना अनुसार १७ हजार ५९ मत प्राप्त गर्दै राई विजयी भएका हुन ।  सुनसरी क्षेत्र नं. १ प्रतिनिधि सभामा ७८ हजार ९ सय ११ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । 
 
राईकी निकटतम प्रतिस्पर्धी घण्टी चुनाव चिन्हकी गोमा तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेकी छन् । त्यसै गरी लोकतान्त्रिक बाम गठबन्धनका हँसिया हथौँंडा चुनाव चिन्हका मुक्साहाङ मेन्याङ्बो १३ हजार ८७ मत प्राप्त गरेका छन् । एमालेका विद्रोही उम्मेदवार मनोज मेन्याङ्बोले ७ हजार ८ सय १२ तथा राप्रपाका अशोक अविरल राईले  ७ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]