• मंसिर १८, २०७९
  • जुनकिरी खबर

प्रदेश १ : सत्ता गठबन्धनकै सरकारमा जाने जसपाको संकेत

alt

प्रदेश १ मा नेकपा एमाले गठबन्धनले बहुमत प्राप्त गरे पनि सत्ता गठबन्धन आफ्नो सरकार बन्नेमा ढुक्क देखिन्छ । सत्ता गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकार गठनका लागि फकाइरहेको छ ।

पहिलो प्रदेशसभामा एमालेको सरकार ढलेपछि बनेको पाँचदलीय गठबन्धन सरकारमा जसपाका जयराम यादव बहालवाला स्वास्थ्यमन्त्री हुन् । एमाले गठबन्धनबाट मोरङ ५(२) मा उम्मेदवार भएका यादव कांग्रेसका अमृत अर्यालसँग पाजित भएका छन् । तर उनी अझै स्वास्थ्यमन्त्रीमा बहाल नै रहेको छ । समानुपातिकमा एउटा सांसद पाउने जसपा नै यो प्रदेशमा सरकार गठनको निर्णयक बनेको हो । जसपाले एमाले वा सत्ता गठबन्धन जसलाई समर्थन गर्छ, त्यसैको सरकार बन्ने अवस्था छ ।

स्वास्थ्यमन्त्री तथा जसपाका केन्द्रीय सदस्य यादवले चुनावी गठबन्धन चुनावसम्मका लागि रहेको तर अब सरकार निर्माण छुट्टै प्रक्रिया भएकाले प्रदेशदेखि केन्द्रसम्म सरकारमा सहभागिताको विषयमा पार्टीले निर्णय गरेर अघि बढ्ने बताए । मन्त्री यादवको भनाइले पनि जसपा एमालेसँग सरकारमा जाने संकेत छैन । तर सत्ता गठबन्धनसँगै सरकारमा जाने पनि स्पष्ट भइनसकेको अवस्थामा जसपा रहेको छ । त्यसैले सत्ता गठबन्धन दलले जसपालाई सरकार गठनको विषयमा पुरानै गठनबन्धनलाई कायम राख्नका लागि फकाइरहेको छ ।

एमालेले मोरङ ५ मा प्रतिनिधिसभा, प्रदेशसभातर्फ मोरङ ५(२), मोरङ ४(२) र ६(२) जसपालाई दिने सहमति गरेर चुनावी गठबन्धन गरेको थियो । तर उम्मेदवारी दर्ता गराउने दिन मोरङ ४(२) मा एमालेका जीवन घिमिरे र ६(२) मा एमालेका कृष्ण बस्नेतलाई टिकट दिए । यता प्रदेशसभा सदस्यमा यो दुई क्षेत्रको सहमति उल्लंघन गरेको र मोरङ ५ मा जसपाका उम्मेदवार राजकुमार यादव र ५(२) मा मन्त्री यादवलाई एमालेले मतदान नगरेकाले पराजय बेहोर्नुपरेको जसपाको ठहर छ । त्यसले पनि जसपाका नेता तथा कार्यकर्ताहरूले प्रदेश १ मा एमाले गठबन्धनमा सरकारमा जान नहुने भन्दै चर्को आवाज उठिरहेको छ ।

यस प्रदेशमा प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी ६ जना प्रदेश सांसद पाउने राप्रपाले पनि एमाले गठबन्धनमा नै सरकारमा जाने पूर्ण मनस्थितिमा देखिएको छैन । राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले चुनावी गठबन्धनमा आ-आफ्नो चुनाव लडेर हारजित भएको तर अब सरकार गठनको विषयमा पार्टीको निर्णय गरेर मात्रै अघि बढ्ने बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]