• मंसिर २०, २०७९
  • जुनकिरी खबर

धरान १३ की उषा मृत्यु प्रकरणः ४ जनालाई प्रहरीले गर्यो सार्वजनिक

alt

धरान १३ की एकल महिला उषा कुमारी राई मृत्यु प्रकरणमा संलग्न ४ जना आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै आरोपीहरूलाई सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय धरानका अनुसार महिलाहरुको समूहको कुटपिटबाट घाइते भएकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंसिर १३ गते मृत्यु भएपछि मृतकका भाई सुन्दर राईले किटानी जाहेरी दिएका थिए । 

जाहेरीका  आधारमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले जनाएको छ । अन्य ३ जना भने फरार हरेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार पक्राउ पर्नेमा घटनाका मुख्य आरोपी धरान १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राई रहेकी छिन् ।

उर्मिलालाई मंसिर १५ गते पक्राउ गरी १० दिनको म्याद थप गरिएको छ । मंसिर १६ गते र धरान १७ की २९ बर्षीया सुसेली राईलाई पक्राउ गरेर अदालतबाट ९ दिनको म्याद थप भएको डीएसपी श्रेष्ठले बताए । यस्तै,  ४० बर्षीया रत्न लिम्बु सुब्बालाई मंसिर १८ गते पक्राउ गरेर ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । इलका प्रहरी कार्यालयका अनुसार घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि खोजी भइरहेको डिएसपी श्रेष्ठले बताए । 

उक्त घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता भएको भन्दै जाहेरी परेकाले उनीहहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । ३ मध्ये एकजनाको पहिचान नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]