• मंसिर २३, २०७९
  • जुनकिरी खबर

प्रदेश १ मा समानुपातिकबाट २९ महिला सांसद छानिँदै

alt

प्रदेशसभा निर्वाचन सम्पन्न भएर निर्वाचन आयोगले समानुपातिक सांसदको सिट बाँडफाँटको पत्र पठाएपछि समानुपातिक सांसद छनोटमा दलहरुको ध्यान केन्द्रित छ । समानुपातिकमा छानिन बन्दसूचीमा परेका उम्मेदवारहरु आ–आफ्ना पार्टीका नेताहरूको घरदैलोमा गएर दबाब दिइरहेका छन् ।

९३ सदस्यीय प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ प्रदेश सांसद छनोट हुने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य रहेकाले प्रत्यक्षतर्फ दुई जना महिला मात्रै निर्वाचित भएको हुँदा समानुपातिकबाट २९ महिला छान्नुपर्ने छ । निर्वाचन आयोगले दलहरुलाई शनिबार ४ बजेसम्ममा प्रदेश सांसदहरुको सूची बुझाउन पत्राचार गरेको छ ।

यस प्रदेशमा समानुपातिकतर्फ एमालेले १५, कांग्रेसले १२, माओवादी केन्द्रले ४, राप्रपाले ४, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले १/१ प्रदेश सांसद प्राप्त गरेका छन् । प्रत्यक्ष तर्फ २५ सिट जितेका एमालेमा एक जना पनि महिला सदस्य नजितेकाले समानुपातिकतर्फको १५ सिटमध्ये १३ जना महिला र २ जना पुरुष छान्नु पर्नेछ । एमालेले समानुपातिकतर्फ प्राप्त गरेको सिटमध्ये समावेशी समूहरुमध्ये आदिवासी जनजातितर्फ ७, खस/आर्यतर्फ ४, थारु, दलित, मधेसी र मुस्लिमतर्फ १/१ र यीमध्येबाट ३ जना अल्पसंख्यक समुदायका प्रदेश सांसद छान्नुपर्ने छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]