इटहरीको जनता बहुमुखी क्याम्पसमा विद्यार्थी समूहबीच बिच झडप भएको छ । बुधबार बिहान नेपाल विद्यार्थी सघंका विद्यार्थीहरुले ताला फोड्दा अनेरास्ववियू सहित ५ वटा संगठनका विद्यार्थीहरुले प्रतिकार गर्दा विद्यार्थी समूहबीच झडप भएको हो । प्रतिकार गर्ने क्रममा विद्यार्थी समूहबीच झडप हुदाँ २ जना विद्यार्थी घाईते भएका छन् ।
इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खगेन्द्र बहादुर खड्काले क्याम्पसमा ताला खोल्ने र लगाउने बिच झडप भएको बताए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved