इटहरीमा आन्तरिक राजश्व कार्यालयले छड्के अनुगमन गरेको छ । इटहरी ६ संगीत चौकका केही पसलहरूमा कार्यालयले छड्के गरेको हो । छड्के अनुगमन गरेपछि व्यापारीहरूले भने विरोध जनाएका छन् । आर्थिक तरलताकाबीच छापामार शैलीमा नियोजित ढंगले अनुगमन गरेर व्यापारीहरूलाई दुःख दिन खोजेको भन्दै विरोध जनाइएको हो ।
इटहरीका व्यापारीहरूले अनुगमन रोक्न अनुरोध गरेको र त्यसमा राजश्व कार्यलयको समूह सकारात्मक भएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । आर्थिक तरलताका कारण व्यापारलाई प्रत्यक्ष असर गरेको र व्यापारीहरू बैँकको बढेको ब्याज तिर्न नसकिरहेको समयमा राजश्वको छापाले गलत सन्देश दिने भन्दै व्यापारीहरूले छापामार शैलीमा भएको अनुगमनको विरोध गरिएको बताएका छन् ।
उद्योग वाणिज्य संघको अगुवाईमै होटल व्यावासायी संघ इटहरीका अध्यक्ष पराजुलीको नेतृत्वमा व्यापारीहरूले राजश्व कार्यालय गएर घेराउ समेत गरेका थिए । कर कार्यालयले व्यापारमै धराशयी हुनेगरी अनुगमन गरेको उनको व्यापारीहरूको आरोप छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved