• मंसिर २७, २०७९
  • जुनकिरी खबर

इटहरीमा अवैध संरचना हटाउन सुरु

alt

इटहरी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ। मुख्य बजार क्षेत्रमा सँगै खोला पैनी मिचेर निर्माण गरिएको अवैध संरचना हटाउन सुरु गरेको हो । मेयर हेमकर्ण पौडेल, उपमेयर सङ्गीता चौधरी सहित इन्जिनियरहरू सहितको टोलीले २ वटा निर्माणाधीन अवैध संरचना ७ दिन भित्र हटाउन निर्देशन दिएको हो। "पैनी मिचेर बनाएको संरचना तत्काल हटाउन निर्देशन दिएका छौ" मेयर पौडेलले भने।
 
इटहरी-७ की आशा साह र इटहरी-१० का पदम दर्नालले पैनीको जग्गामा घर बनाएको भन्दै  स्थलगत निरीक्षण गरी उनीहरूले बनाउँदै गरेको घर रोकिएको हो । 
 
इटहरीकी उपमेयर सङ्गीता चौधरीले खोला पैनीमा बनेको संरचना तत्काल हटाउन निर्देशन दिएकी छन्। वडाहरूलाई पनि निर्देशन कडाइको साथ लागुगर्न उपमेयरको निर्देशन थियो ।
 
इटहरीका सुदिप दाहालको पैनी माथि बनाएको संरचना पनि भत्काइएको छ। लामो समय देखि संरचना मुनि पैनी कुदिरहेको रहेछ हामीले सहमतिमै भत्काउन लगायौ इटहरी-६ का वडाध्यक्ष दिवस पोखरेलले भने । वडा भित्रको सार्वजनिक सम्पत्ति संरक्षण अभियान सुरु भएको पोखरेलको भनाई छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]