• पुस ६, २०७९
  • जुनकिरी खबर

तस्करीको ६ हजार किलो गहुँ बरामद

alt

मोरङको जहदा गाउँपालिका–७ तारेगामाबाट सशस्त्र प्रहरीले तस्करीको ६ हजार किलोग्राम गहुँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले भारतदेखि तस्करी गरेर नेपालतर्फ ल्याइएको गहुँ मंगलबार साँझ बरामद गरेको हो। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार बोरामा प्याक गर्दै इन्जिनको भाग नभएको ट्याक्टरको ट्रलीमा लोड गरेर राखेको अवस्थामा गहुँ फेला परेको हो। 

गहुँको धनी कोही पनि नभेटिएको र गहुँ लोड गरिएको ट्याक्टरको इन्जिनको भागसमेत फेला नपरेका कारण उक्त गहुँ तस्करीको रहेको पुष्टि भएको उनले बताए। उनका अनुसार भन्सार छली गरेर नेपालतर्फ ल्याएको गहुँ १ लाख ८० हजार मूल्य बराबरको छ। 

ट्याक्टरको ट्रलीसहित गहुँलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको एसपी लामिछानेले बताए। उनले नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा लागि उच्च सतर्कता अपनाएर कडाइ गरिएको जानकारी दिए। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]