• पुस १३, २०७९
  • जुनकिरी खबर

जनता बहुमुखी क्याम्पसद्वारा क्रिकेट प्रतियोगिता सुरु

alt

इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस प्राङ्गणमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । विद्यार्थीहरूलाई खेलकुदको माध्यममा पनि सक्रिय बनाउनका निम्ति क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो । बुधबार (आज) बाट सुरु भएको खेलको पहिलो दिन आयोजक र विश्व आदर्श कलेज विजयी भएका छन् ।

आयोजक जनता बहुमुखी क्याम्पस र सुष्मा गोदावरी कलेजबीच भएको २० ओभरको खेलमा जनता बहुमुखी कलेजले १११ रन ले सुष्मा कलेजसँग सहज जित निकालेको छ ।

यस्तै, दोस्रो खेलमा विश्व आदर्श कलेज र नमुना कलेजबीच भएको थियो । २० ओभरको खेलमा विश्व आदर्श कलेजले ७६ रनले जित निकालेको छ । विश्व आदर्शले १९० रनको टार्गेट दिएकोमा नमुना कलेजले ११४ रनमा अल आउट भएको छ ।

उक्त खेलमा नमुना कलेजका गौरव कटुवाल ले ५४ रन अर्धसतक व्यक्ति रन बनाएका थिए भने विश्व आदर्श कलेजका अङ्कित गुरागाईँले ६२ रन अर्धसतक र ३ वीकेट व्यक्तिगत आफ्नो नाममा जोडे र म्यान अफ द म्याच भए ।

नेविसंघ जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेका अनुसार ‘जहाँ विद्यार्थी त्यहाँ नेविसंघ, जहाँ नेविसंघ त्यहाँ खेलकुद’ भन्ने सन्देश दिनका लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । आँफूहरूले विगतका दिनमा पनि विद्यार्थीको हकहितसँगै खेलकुदका गतिविधिमा सक्रिय भएको उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]