• पुस १३, २०७९
  • जुनकिरी खबर

प्रदेश १ मा कसको नेतृत्वमा बन्ला सरकार ?

alt

संघीय सरकार गठन भएपछि प्रदेश १ सरकार गठनका लागि रस्साकस्सी सुरु भएको छ । यस प्रदेशका सबभन्दा ठूलो दल एमाले र तेस्रो ठूलो दल माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरेका छन् । दुबै दल संसदीय दलको नेता चयन गरेर सरकार गठनको तयारीमा जुटेका छन् ।

सरकार गठनका लागि दुबै दलले पार्टीको शीर्ष नेता र सत्ता साझेदार दलसँग वार्ताका लागि कमिटी गठन गरेका छन् । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनका लागि वार्ता गर्न गठन गरेको कार्यदलमा दलका नेता हिक्मत कार्की, पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलाबल्लभ अधिकारी, रेवतीरमण भण्डारी, तीलकुमार मेन्याङ्बो र सिर्जना राई छन् ।

यता, माओवादी केन्द्रले पनि आफ्नो नेतृत्वमा सरकार गठनका लागि पार्टीका शीर्ष नेता तथा सत्ता साझेदार दलसँग वार्ताका लागि पार्टीका सचिव तथा प्रदेश १ इञ्चार्ज राम कार्की, दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङलाई जिम्मेवारी दिएको छ ।

दुबै पार्टीका वार्ता टोलीले सरकारको नेतृत्वका लागि आ–आफ्ना पार्टीका शीर्ष नेतालाई दबाब दिन काठमाडौं पुगेका छन् । उनीहरुले आ–आफ्ना पार्टीका शीर्ष नेतालाई सरकारको नेतृत्वका लागि दबाब दिइरहेको दुबै पार्टीका प्रदेश सांसदहरुले बताए । तर सरकारको नेतृत्वका लागि एमाले नै बलियो अवस्थामा देखिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]