• पुस १७, २०७९
  • जुनकिरी खबर

सिमरबना बचतको १५ औ साधरणसभा सम्पन्न

alt

इटहरी ५ मा रहेको सिमरबना बचत तथा श्रण सहकारी संस्थाले आफ्नो १५ औ वार्षिक साधरणसभा सम्पन्न गरेको छ । इटहरी ५ कै सत्सङ्ग भवनमा शुक्रवार बृहत् रूपमा साधरणसभा सम्पन्न गरेको हो । कार्यक्रममा ७८-७९ को कार्य प्रगति विवरण प्रस्तुत गरिएको थियो भने यो आर्थिक वर्ष ७९-८० को लागी नीति तथा कार्यक्रम पास गरिएको छ । साथै  ७९-८० को लागी अनुमानित बजेट समेत अनुमोदन गरिएको छ ।
 
सहकारी संस्थाले दिगो आर्थिक विकासको लागि साथै सामाजिक चेतना वृद्धिका लागि संस्थाले पुराएको योगदान अतुलनीय रहेको बताउँदै सामाजिक कार्य अनुसार रक्तदान, ज्येष्ठ नागरिकलाई सम्मान, सेयर सदस्यका छोरा छोरीलाई शैक्षिक प्रोत्साहन जस्ता कार्यलाई यो आर्थिक वर्षमा पनि निरन्तरता दिइने जनाइएको छ । 
 
सहकारी संस्थामा हाल १९०० सेयर सदस्य पुगेको समेत जानकारी गराइएको छ । सहकारीका अध्यक्ष प्रकाशचन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी सङ्घ सुनसरीका अध्यक्ष गङ्गा प्रसाद दाहालको प्रमुख आतिथ्य रहेको थियो । इटहरी ५ का वडाध्यक्ष भीष्म कुमार घिमिरेको समेत वरिष्ठ अतिथिको रूपमा उपस्थिति रहेको थियो ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]