• पुस १७, २०७९
  • जुनकिरी खबर

इटहरीमा जथाभावी राखिएका होर्डिङ बोर्ड हटाउन सुरु

alt

इटहरीमा जथाभावी रूपमा राखिएका होर्डिङ बोर्ड हटाउन सुरु गरिएको छ । इटहरीको मुख्य चौक आसपासमा जथाभावी रूपमा राखिएका होर्डिङ बोर्ड, ब्यानर र यत्रतत्र रहेका बिजुलीका तारहरू शनिबारबाट हटाउन सुरु गरिएको हो । ‘बुल्स ११ क्लब’ इटहरीको आयोजनामा इटहरी ६ का वडाध्यक्ष दिवस पोख्रेलसहितको सक्रिय सहभागितामा ब्यानर, होडिङ्ग बोर्ड र तारहरू हटाइएको हो ।

वडाध्यक्ष पोख्रेलका अनुसार जथाभावी रहेका ब्यानर, तार र होर्डिङ बोर्डले सहर कुरुप बनेका कारण हटाउने अभियान सञ्चालन गरिएको हो । अनुमतिबिना बिजुलीका पोलमा राखिएका बोर्डहरू र यत्रतत्र रहेका तार व्यवस्थित गर्न थालिएको हो । बुल्स ११ क्लबका उपाध्यक्ष रामु राईले इटहरीमा आँफूहरूले सरसफाई कार्यक्रमको आयोजना गर्दै आएकाले समाजको सकारात्मक हितका निम्ति आगामी दिनमा पनि काम गर्ने बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]