• पुस २०, २०७९
  • जुनकिरी खबर

पाँचथरमा आगलागीमा परी २ जनाको मृत्यु, दुई घाइते

alt

पाँचथर /  आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका ८ का २ जनाको मृत्यु भएको छ । स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा गुरुङकी बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छोरी ममता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीमा परी ५५ वर्षीय मेघबहादुर गुरुङ र छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारार्थ पाँचथर अस्पतालमा ल्याइएको छ ।

उक्त घरमा ७ जना सुतेकोमा २ जनाको ज्यान गएको‚ २ जना घाइते भएको र ३ जना भागेर बच्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले बताए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डीएसपी खतिवडा नेतृत्वको टोली पुगेर आगो नियन्त्रणसँगै उद्धार गरेको थियो । आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागीको कारण भने खुलेको छैन ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]