• पुस २८, २०७९
  • जुनकिरी खबर

प्रदेश १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

alt

विराटनगर / प्रदेश १ को सभामुखमा नेकपा (माओवादी केन्द्र) का बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।  

ओखलढुंगाको ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित ५० वर्षीय गौतम प्रदेशको दोस्रो सभामुख बनेका हुन् । 

सभामुखको मनोनयनका क्रममा गत मंगलबार सत्तारुढ गठबन्धनका तर्फबाट उनको मात्रै उम्मेदवारी परेको थियो । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवार उठाएनन् । 

सभामुख चयन गर्न बिहीबार प्रदेशसभा बैठक बसेको थियो । सोही बैठकबाट प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवारीका आधारमा गौतम सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । उक्त घोषणासँगै उनी प्रदेशसभाको दोस्रो कार्यकालका लागि सभामुख बनेका छन् । 

उपसभामुख चयनका लागि भने आगामी शनिबार निर्वाचन हुँदैछ । सत्तारुढ दलबीचको भागबण्डामा उपसभामुख एमालेले पाएको छ । एमालेले महिलालाई उपसभामुख बनाउने तयारी गरेको छ । 

 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]