इटहरी । सुनसरीको इटहरी १७ स्थित पकली माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको लागि सदस्य चयन गरेको १० दिन बितिसक्दा पनि अध्यक्ष पदको टुङ्गो लाग्न सकेको छैन । शिक्षा ऐन २०७२ को दफा १२ क अनुसार २ पुरुष २ महिला सहित ४ जना अभिभावकबाट अध्यक्ष छनौट गर्नुपर्ने हुन्छ । पौष १९ गते ४ जना सदस्य निर्वाचित भएपछि सोही ४ जनाले दफा १२ ग अन्य २ जना पनि मनोनयन गरिसकिएको छ । जस्मा निर्वाचित भएर आएका खुसीराम चौधरी , राजेन्द्र ओझा , केबल कुमारी राई र विष्णु ढकाल छन् । यस्तै मनोनयनमा परेका निवर्तमान अध्यक्ष विनोद झा र रिता सुबेदी छन् ।
जस मध्येबाट अध्यक्ष बन्नका लागि शिक्षा नियमावली नबौ संशोधन २०७७ को दफा २९ को उपदफा ग अनुसार माध्यमिक तहको विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि कम्तीमा एसएलसी पास गरेको हुनु पर्ने छ भनेर उल्लेख गरिएको छ । त्यसका लागि योग्यता पुगेका एक मात्र सदस्य खुसीराम चौधरी योग्य सदस्य हुँदा हुँदै पनि अझै अध्यक्ष चयनमा आनाकानी भइरहेको हो । निवर्तमान अध्यक्ष विनोद झा फेरी पनि अध्यक्ष बन्न उनले नै बैठक बोलाउन आनाकानी भइरहेको बताइएको छ ।
हाल जाडो बिदा भएकोले र प्रधानाध्यापकको कार्य ब्यस्तताको कारण अहिलेसम्म बैठक बस्न नसकेको निवर्तमान अध्यक्ष विनोद झा बताउनु हुन्छ । उनका अनुसार शिक्षक प्रतिनिधि छनौट गर्दा २ जना शिक्षक प्रतिनिधि बन्न खोजेकोले पनि ढिलो बताए । अध्यक्ष चयन निष्पक्ष हुने र सर्बसम्बतबाट जे निर्णय हुन्छ त्यो आफू स्विकार्न तयार रहेको झाँको भनाई छ ।
खुसीरामका परिवारले पकली माध्यमिक विद्यालयलाई करिब साँढे तिन कठ्ठा जग्गा पनि दान गरेका छन् । खुसीरामले आफूलाई पार्टीगत रूपमा अध्यक्ष बन्न रोक्न झाले अनेक कारण देखाउँदै बैठक नबोलाएको बत्ताउँछन् । अध्यक्ष शिक्षा नियमावली अनुसार बन्नु पर्ने उनको भनाई छ । झा व्यवस्थापन समितिको अध्यक्ष बन्न योग्य नभएको चौधरीको आरोप छ ।