इटहरी / प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको पहिलो खेलमा प्रदेश एक विजयी भएको छ ।
इटहरीस्थित जनता क्रिकेट पार्कमा शुक्रबार(आज) बिहान भएको उद्घाटन खेलमा प्रदेश १ ले मधेस प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।
मधेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश एकले ११.१ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो। काजल श्रेष्ठले २४ र कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडे।
पहिले ब्याटिङ गरेको मधेस १९.२ ओभरमा ४९ रनमा अलआउट भएको थियो। प्रदेश एक सबनम राईले ४, रुबिना क्षेत्री र निशा राईले २–२ तथा ज्योति दनुवार, तथा अलिशा खडियाले १–१ विकेट लिए।
अर्को खेलमा सुदूरपश्चिम र बागमतीबीच प्रतिस्पर्धा हुँदैछ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved