नेपाली कांग्रेस प्रदेश १ प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन्।
संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा १ अनुसार राईलाई प्रमुख सचेतकमा नियुक्त गरिएको दलका नेता थापाले बताए।
राई कांग्रेसको प्रदेश कार्यसमिति महासचिव र थापा सभापति पनि हुन्।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved