• माघ १२, २०७९
  • जुनकिरी खबर

उद्योग वाणीज्य संघ इटहरको २३ औ तथा २४ औ वार्षिक साधारण सभा सम्पन्न

alt

उद्योग वाणीज्य संघ इटहरको २३ औ तथा २४ औ वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बुधवार इटहरी स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमका बिच संघको २३ औ तथा २४ औ साधारण सभा सम्पन्न भएको हो । 

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोभिड १९ को समय कोभिड संक्रमण न्युनीकरण तथा सचेतना अभियान सञ्चालनमा सहयोग गरेको भन्दै इटहरीका विभिन्न संघसंस्थाहरुलाइ सम्मान गरिएको छ ।सम्मान हुनेमा होटल व्यवसायी संघ इटहरी,रोटेरी क्लव अफ इटहरी लगायत संघसंस्थाहरु लाई सम्मान गरेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी ढकालले कोभिड पछी देशव्यापी देखिएको आर्थिक संकटमा प्रभाव व्यापार व्यवसायमा परेको उल्लेख गरे । नेपालको अर्थतन्त्रमा परेको प्रभाव न्युनिकरण सम्बन्धमा उद्योग वाणिज्य महासंघले सरकारसँग सम्बन्धसेतुको रुपमा कार्य गरेको बताउँदै उनले निजी क्षेत्रको आवाज सरकार समक्ष राख्ने विस्वास व्यक्त गरे । 

उद्योग वाणीज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा भएको कार्यक्रममा पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बा,प्रदेश १ सांसद रेवती रमण भण्डारी,जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रभु प्रसाद ढकाल लगायतका अतिथीहरुको सहभागीता रहेको थियो ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]