• माघ १५, २०७९
  • जुनकिरी खबर

धनकुटा महोत्सव स्थलको गेटमा ठेलमठेल हुँदा ३० जना घाइते

alt

धनकुटा / धनकुटामा सञ्चालन भइरहेको महोत्सवस्थलमा शनिबार राति भएको घटनामा ३० जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

धनकुटा–५ स्थित तल्लो टुँडिखेलमा उद्योग वाणिज्य संघले आयोजना गरेको एभोकाडो तथा पाँचौं धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको सांगितिक प्रस्तुति हुनु केहीबेर अघि करिब साढे ८ बजे राति उक्त घटना भएको हो ।

यसैबीच, घटनाबारे जिल्ला सुरक्षा समितिको बैठक बसेर घटनाको समीक्षा गरिने निमिक्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् । आइतबार बिहान ११ बजे समितिको बैठक बस्ने उनले जनाइन् । यस्तै, घटनाबारे महोत्सव आयोजकसँग समेत प्रशासन र सुरक्षाकर्मीको बैठक बस्ने भएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेलको यसै साता सरुवा भएर गएपछि प्रशासकीय अधिकृत ममता अधिकारी निमित्त प्रजिअ रहेकी छन् । नयाँ प्रजिअ लिलाकुमारी केसी पाण्डे भने जिल्ला आइसकेकी छैनन् ।

भीड अनियन्त्रित भइ महोत्सवस्थलको मूलगेटमा ठेलमठेल हुँदा भएको उक्त घटनामा बालकहरु ३ वर्षीय बालक सोनाम लिम्बू र धनकुटा ५ का ११ वर्षीय आवुहाड लिम्बूको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । दुवैको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिए । दुवैको टाउकोमा चोट लागेको जिल्ला अस्पतालका चिकित्सक उज्वलप्रकाश खनालले बताए । 'राति घाइतेले अस्पतालका बेड भरिएपछि भुइँमा समेत राखेर उपचार गरिएको थियो,' उनले भने, 'गम्भीर अवस्थाकालाई तत्काल नै धरानमा रेफर गर्‍यौं ।'

घाइतेमध्ये धनकुटा जिल्ला अस्पतालमा १२ जनाको उपचार भएको अस्पताल स्रोतले जनाएको छ । त्यहाँ उपचार हुन नसकेका १८ जनाको प्राथमिक उपचारपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रतिष्ठानमा उपचार हुन नसकेका दुई बालक विराटनगर गोल्डेन अस्पताल रिफर गरिएको छ

मुस्किलले तीन हजार अटाउने क्षमता रहेको टुँडिखेलमा दोब्बर गुना दर्शकको भीड रहेकोले आयोजकले व्यवस्थापन गर्न नसक्दा घटना भएको जनाइएको छ । अत्यधिक भीड रहेको अवस्थामा महोत्सवको दुवैतर्फको गेट बन्द गरिएको थियो । सयौंको भीड रहेको अवस्थामा एकै पटक गेट खोल्दा ठेलमठेल हुँदा किचिएर घाइते भएको प्रत्यक्षदर्शीले बताए ।

धनकुटामा गत माघ ६ देखि सुरु गरिएको महोत्सव आगामी १६ गतेसम्म सञ्चालनमा हुने थियो । घटना भएलगत्तै महोत्सवमा आयोजना गर्न लागिएको सांगितिक कार्यक्रम र हाउजी बिङ्गो खेल स्थगित गरिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]