• माघ १९, २०७९
  • जुनकिरी खबर

इटहरीबाट चाइनिज पेस्तोल सहित ३ जना पक्राउ

alt

इटहरी / इटहरी –१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार चोरीको बाइक नियन्त्रण लिने क्रममा शङ्कास्पद व्यक्तिहरूको साथबाट पेस्तोल र ६ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा इटहरी –१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र इटहरी–१० बस्ने १८ वर्षीय किशोर रहेका छन् । साथै अर्को एक जनाको नाम भने तत्काल गोप्य राखिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बुधबार राति उनीहरूलाई उक्त हतियार र प्र १–०२–०४३ प ६८९७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खगेन्द्र बहादुर खड्काले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]