• माघ २७, २०७९
  • जुनकिरी खबर

इटहरीका शिक्षासेवी लेखनाथ घिमिरेलाई अभिनन्दित

alt

इटहरीका शिक्षासेवी लेखनाथ घिमिरेलाई अभिनन्दित गरिएको छ । शुक्रबार उनको ७७ औँ जन्मोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा अभिनन्दित गरिएको हो ।

उनकै कद बराबरको अभिनन्दन पत्रले घिमिरेलाई अभिनन्दित गरिएको हो । कार्यक्रममा अभिनन्दित भइसकेपछि घिमिरेले आँफूलाई अभिनन्दन गरेकाले अनुगृहीत भएको बताए ।

घिमिरेलाई रथारोहणसहित इटहरी नगर परिक्रमा गराएर अभिनन्दन कार्यक्रममा सहभागी गराइएको थियो ।

उक्त कार्यक्रमको अवसर पारेर लेखनाथ घिमिरे अभिनन्दन ग्रन्थ ‘सार्थक जिन्दगी’ पनि सार्वजनिक गरिएको छ । उक्त ग्रन्थमा १ सय ३० भन्दा बढी लेखकहरूले घिमिरेबारे लेख लेखेका छन् । पुस्तक ५४२ पृष्ठको छ ।

कवि अनिल पौडेलको संयोजकत्वमा गत चैतमा नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरी कार्यक्रमको तयारी सुरु गरिएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]