• फागुन १६, २०७९
  • जुनकिरी खबर

नेविसंघ सुनसरीको सभापतिमा भट्टराई

alt

 नेपाल विद्यार्थी सङ्घ सुनसरी सभापतिमा प्रमोद भट्टराई  चयन भएका छन् । नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले भट्टराई लाई जिल्ला सभापतिको रूपमा चयन गरेका हुन् ।
नेपाल विद्यार्थी सङ्घको विधान २०२७ को पहिलो संशोधन २०७५ अनुसार ३ महिना भित्र जिल्ला अधिवेशन गराउने गरी भट्टराईलाई नेतृत्व प्रदान गरिएको हो । 
यसअघि २०७४ साल मङ्सिरमा मन्दीप भट्टराईको नेतृत्वमा तदर्थ समिति गठन भएको थियो ।
 
०७४ फाल्गुन भित्र इकाई, क्षेत्र र जिल्ला अधिवेशन गराउने सहमति सहित गठन भएको भट्टराई नेतृत्वको समितिले अधिवेशन गराउन सकेन । सोही समितिलाई पुनः २०७५  वैशाख ६ गते सम्मको लागी समय थप भएको थियो । पछि भट्टराई नेपाली काँग्रेस इटहरी उपमहानगर समिति सचिव निर्वाचित भएपछि बुद्धहाङ लिम्बुलाई कार्यवाहकको जिम्मेवारी प्रदान गरे । 
 
लामो समय देखी अधिवेशन नभएको नेविसंघ सुनसरीमा अधिवेशनको नयाँ सञ्चार आरम्भ भएको छ । सबै पक्षसँग सहकार्य गरेर अगाडी बढ्ने उनले बताएका छन् । नेविसंघको आन्दोलन र लोकतान्त्रिक संस्कारलाई व्यवहारमा देखाउने सङ्गठन भएको पुष्टि गर्न आफू लागिपर्ने उनले बताए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]