• फागुन २३, २०७९
  • जुनकिरी खबर

उद्योग वाणिज्य संघको होली मिलन कार्यक्रम सम्पन्न

alt

उद्योग वाणिज्य संघ इटहरीको आयोजना तथा नेपाल युवा उद्यमी मंच र रोटरी क्लब अफ युगलको सह सम्योजनमा भएकोे होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । 

रंगको पर्व होलीको अवसरमा संघको आफ्नै सभाहलमा होली मिलन कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै उधोग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले संघ र उद्योगी व्यवसायी तथा अन्य व्यवसायिक संघसंस्था बिचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । 

संघले व्यवसायिक हक हितसंगै यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्दै व्यवसायिक समस्या समाधानको लागि सबै व्यवासयिक संस्थाहरु एकजुट भएर लाग्नुपर्ने बताए । र्कायक्रममा नेपाल युवा उद्यमी मंच प्रथम उपाध्यक्ष चन्द्रमणी देवकोटा , रोटरी क्लब अफ युगलका अध्यक्ष विनोद पौडेल, इप्रका इटहरीका प्रहरी प्रमुख डीएसपी माधव प्रसाद काफ्ले , इटहर िढुवानी एजेण्ट ब्यवसायि संघका अध्यक्ष चितनारायण चौधरी,नागरिक समाज इटहरीका अध्यक्ष राजु केशी , राष्ट्रिय जागृती क्लब इटहरीका अध्यक्ष सन्त बहादुर डुम्जन ,रेडिमेट व्यवसायी संघका अध्यक्ष बिनोद चोच्छे लगायतका ब्यवसायिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]