• फागुन २५, २०७९
  • जुनकिरी खबर

इटहरी अस्पतालमा विद्यार्थीले पूर्ण छुट पाउनुपर्ने नेविसंघको माग

alt

इटहरी अस्पतालमा विद्यार्थीले पूर्ण छुट पाउनुपर्ने मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ) ले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई ध्यानकर्षण पत्र बुझाएको छ ।

बिहीबार (आज) नेविसंघ जनता बहुमुखी क्याम्पसका इकाई सभापति सहदेव काफ्लेसहितको टोलीले मेयर पौडेलको ध्यानाकर्षण गराएको हो ।

जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू खासगरी पहाडी क्षेत्रबाट आएका र कोठाभाडामा बस्दै आएका कारण पनि स्वास्थ्य समस्या पर्दा आर्थिक रूपमा समस्या हुने भएकाले अस्पतालमा पूर्ण छुटको माग राखिएको काफ्लेले बताए । ध्यानाकर्षण पत्र बुझ्दै मेयर पौडेलले आँफू पनि विद्यार्थी राजनीतिबाटै आएकाले विद्यार्थीको समस्या बुझ्ने बताए । नेविसंघले यो किसिमको मुद्वा उठाउनु सकारात्मक रहेको बताउँदै उनले यस विषयमा अस्पताल प्रशासनसँग बैठक बसेर विद्यार्थीको उपचारमा छुट गर्नका लागि काम गर्ने बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]