• चैत १, २०७९
  • जुनकिरी खबर

बाइकबाट लडेर सुनसरीमा महिलाको मृत्यु

alt

श्रीमानले हाँकिरहेको मोटर बाइक पछाडि बसेकी श्रीमतीको अचानक बाइकबाट खसेर मृत्यु भएको छ । घाइते अवस्थामा अस्पताल पुर्याएपछी श्रीमतीको मृत्यु भएको हो ।  

सुनसरीको बर्जू गाउँपालिका–२ मा गए राती डेढ बजेको समयमा उक्त घटना भएको हो । बर्जू गापा-३ की ३६ बर्षीया चन्द्रकलादेवी मोटरसाइकलबाट आफै लडी घाइते भएकोमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

को ७ प ५६५ नम्बरको मोटरसाइकल उनको श्रीमान् ४१ वर्षीय शैलेन्द्र रायले हाँकी रहेका थिए ।  पछाडि बसेकी चन्द्रकलादेवी मोटरसाइकलबाट आफै लडी घाइते भएकोमा श्रीमान् शैलेन्द्रले उपचारका लागि अस्पताल पुर्‍याएका थिए ।

प्रहरी अनुसार उपचारको क्रममा चन्द्रकलादेवीको कोसी अस्पताल विराटनगर मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा थप अनुसन्धान गर्न घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]