• चैत २, २०७९
  • जुनकिरी खबर

कोशी प्रदेशस्तरीय ह्विलचियर रनमा विष्णुकान्त चौधरी प्रथम

alt

कोशी प्रदेशस्तरीय ह्विलचियर रन प्रतियोगितामा विष्णुकान्त चौधरी प्रथम भएका छन् । १५औँ अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको अवसरमा अपाङ्गता भएकाहरूको संस्था स्पाइनल इन्जुरी सङ्घ कोशी प्रदेशले इटहरीमा गरेको प्रतियोगितामा पुरुषतर्फ चौधरी प्रथम भएका हुन । चौधरीले निर्धारित ८ सय मिटरको दुरी २ मिनेट ४२ सेकेन्डमा पुरा गरे ।
दोस्रो भएका प्रज्वल लिम्बुले २ मिनेट ४६ सेकेन्ड र तृतीय भएका सन्देश चौधरीले २ मिनेट ४७ सेकेन्डमा दुरी पुरा गरेका थिए ।
 
महिलातर्फ ३ मिनेट २७ सेकेन्डमा दुरी पुरा गरेकी जानुका तामाङ प्रथम भइन । ४ मिनेटमा दुरी पार गरेकी चन्द्रिका सरदार दोस्रो र ४ मिनेट २५ सेकेन्डमा दुरी पुरा गरेकी केशरकुमारी आले मगर तेस्रो भइन । प्रथम हुनेले नगद १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पुरस्कार पाए । विजेता तथा सहभागीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, उपाध्यक्ष जीनाजंग कार्की, सामाजिक महाशाखा प्रमुख फणिन्द्र खत्री लगायतले पुरस्कार वितरण गरे ।
 
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, खेलकुद विकास बोर्डको सहकार्य तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा कोशी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका १ सय ५० जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]