• चैत ७, २०७९
  • जुनकिरी खबर

इटहरी गोल्डकप : आर्मी सेमिफाइनलमा प्रवेश

alt

इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा आर्मीले रोलिङ क्लब झापालाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्मीका लागि खेल सुरु भएको २ मिनेटमै दीपक गुरुङले सुरुआती गोल गरे । यस्तै, खेलको ४५ औं मिनेटमा आर्मीका टिम क्याप्टेन जिलेस्पीजङ्ग कार्कीले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा आर्मीका सुदिल राईले थप १ गोल गर्दै टिमलाई तेस्रो गोल दिलाए । यस्तै, इन्जुरी समयमा आर्मीका पदम मोक्तानले थप १ गोल गरे । सुरुदेखि नै दबाबमा रहेको रोलिङ क्लबका लागि खेलको ६५ औं मिनेटमा ड्याड्डीले पेनाल्टीमार्फत १ गोल गरे । आर्मीले डिबक्सभित्र “फल्ड” गर्दा रोलिङले पेनाल्टी पाएको थियो ।

खेलको म्यान अफ दि म्याच आर्मीका क्याप्टेन जेलस्पीजङ्ग कार्की घोषित हुँदै नगद दस हजारसहित ट्रफी हात पारे ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा चैत ११ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]