• चैत ८, २०७९
  • जुनकिरी खबर

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

alt

इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको पहिलो सेमिफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङले गत वर्षको लिग बिजेता समेत रहेको मछिन्द्र फुटबल क्लब काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा सगरमाथाले मछिन्द्रलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलका लागि सुरक्षित स्थान तय गरेको हो । सगरमाथाका लागि खेल सुरु भएको ४ मिनेटमै राजीव लोप्चनले सुरुआती गोल गरे । यस्तै, खेलको १२ मिनेटमा सगरमाथाका लागि स्टेफिनले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा २-० भएको खेलमा दोस्रो हाफपछि सगरमाथाले पुनः १ गोल थपेको थियो । खेलको ५१ औं मिनेटमा सगरमाथाका मेस्सुकेले १ गोल गर्दै टिमलाई तेस्रो गोल दिलाए ।

उता, मछिन्द्रका लागि भने खेलको ८९ औं मिनेटमा टिम क्याप्टेन आफिज ओलावालेले पेनाल्टीमार्फत १ गोल गरे । मछिन्द्रका लागि यो गोल नै शान्तवना गोल रह्यो ।

बिहीबारको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज क्लब काठमाडौं र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा चैत ११ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]