• चैत ८, २०७९
  • जुनकिरी खबर

कोशी प्रदेशको सरकार बनाउन काँग्रेस नेताको दौडधुप

alt

कोशी प्रदेशमा केन्द्रमा भएको गठबन्धन अनुसार नयाँ सरकार निर्माण गर्न र प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न भन्दै काँग्रेसका नेताहरु काठमाडौंमा पुगेका छन् ।

काँग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नेताहरुले सत्ता गठबन्धनका तीन शीर्ष नेतालाई भेटेर प्रदेशको सरकार परिवर्तन गरि प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका हुन् ।

कोशी प्रदेशमा अहिले नेकपा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको सरकार छ । संघीय सरकारमा सहभागी हुने तयारीमा रहेका नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी प्रदेशमा विपक्षमा रहेको बेला काँग्रेस नेताहरुले नयाँ सरकार गठनको लागि दौडधुप थालेका हुन् ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेर उनले नयाँ सरकार गठनको पहल गरिदिन आग्रह गरेका हुन् । केन्द्रको गठबन्धन अनुसार प्रदेशमा सरकार बनाउन र मध्यावधिमा जानबाट रोक्ने पहल गर्न नेताहरुलाई आग्रह गरेको काँग्रेस संसदीय दलका नेता थापाले बताए ।

प्रदेशसभामा ४० सांसद भएको एमाले र ६ सांसद रहेको राप्रपा एक ठाउँमा छन् । २९ सांसद रहेको कांग्रेस, १३ सांसद (सभामुखसहित) रहेको माओवादी केन्द्र, ४ सांसद रहेको एकीकृत समाजवादी पार्टी र एक सांसद रहेको जसपाको संघबाट गठबन्धन बनेको छ ।

भेटघाटमा दलका नेताहरुले छलफल गरेर निकास निकाल्ने आश्वासन दिएका छन् । सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी गर्ने, राप्रपालाई सत्ता गठबन्धनमा ल्याउने, एमालेसहित गठबन्धन दल आलोपालो नेतृत्व गरेर अगाडि बढ्नेलगायत विकल्पहरु रहेको नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]