• चैत ९, २०७९
  • जुनकिरी खबर

इटहरी गोल्डकप : चर्च ब्वाइज फाइनलमा प्रवेश

alt

इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा साबिक उपबिजेता त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलले चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लब काठमाडौँले आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलका लागि सुरक्षित स्थान तय गरेको हो ।

खेलको २२ औँ मिनेटमा आर्मीका दीपक गुरुङले गोल बचाउन खोज्दा आत्मघाती गोल भएको थियो । चर्च ब्वाइजले पाएको फ्रिकिक गोल बचाउन खोज्दा हेडिङमार्फत आत्मघाती गोल भएको थियो ।

त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा उक्त गोल नै निर्णायक बन्यो । साबिक उपबिजेता समेत रहेको आर्मीले यसअघि रोलिङ क्लब झापालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । खेल अवधिभर दुवै टिमबाट पटकपटक गोल गर्ने उत्कृष्ट अवसर पाएपनि गोल हुन सकेन । खेलको म्यान अफ दि म्याच चर्च व्वाइज युनाइटेड क्बल, काठमाडौँका फ्याङ्कलिंक ताल्ला घोषित हुँदै नगद दस हजारसहित ट्रफी हात पारे ।

आगामी चैत ११ गते शनिबार इटहरी रंगशालामा फाइनल खेल हुने आयोजकले बताएको छ । साबिक बिजेता समेत रहेको सगरमाथा युथ क्लब, मोरङ र चर्च व्वाइज युनाइटेड क्लब, काठमाण्डौँबीच शनिबार दिउँसो २ः३० बजे फाइनल प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]