बाढीले गर्दा देशभरका ४५ वटा पुलमा क्षति पुगेको छ । सडक विभाग अन्तर्गत पुल महाशाखाका अनुसार क्षति पुगेका पुलको कतै मर्मत गरेर त कतै बिना मर्मत नै सञ्चालनमा ल्याइएको छ ।
सबैभन्दा बढी पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासस्थित भाब्सी पुलमा क्षति भएको छ । पुल महाशाखाका प्रमुख दीपक भट्टराईका अनुसार ४७ करोड ३४ लाख बराबरको क्षति भएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved