• चैत १०, २०७९
  • जुनकिरी खबर

पदम लिम्बु लाजेहाङको शव सहिद घोषणा गर्न माग

alt

कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बु लाजेहाङको शव सहिद घोषणा र पुनः नामकरणको मागमा राज्यले सम्बोधन नगरे सम्म जिम्मा नलिने संयुक्त सङ्घर्ष समितिले निर्णय गरेको छ ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आज शुक्रवार काठमान्डुमा बसेको आपतकालिन बैठकले उक्त निर्णय गरेको हो । बैठकले आजै बेलुकी ५ देखी प्रदेशको १४ वटै जिल्लामा र काठमान्डुमा समेत विरोध सभा गर्ने निर्णय गरेको छ। जिल्ला नगरहरूमा सङ्घर्ष समितिका घटकका नेताहरूको सक्रियतामा विरोध सभा आयोजना गर्ने निर्णय भएको हो ।

भोलि चैत ११ गते प्रदेशभरी २ घण्टा चक्काजाम गर्ने निर्णय पनि सङ्घर्ष समितिले गरेको छ । दिउसो १ देखी २ बजे प्रदेशका १४ वटै जिल्ला स्थानिय संयुक्त सङ्घर्ष समितिहरूद्वारा चक्काजाम गराइने भएको हो ।

घट्नाको छानबिन आयोग गठनको माग सहित सङ्घर्ष समितिले संयुक्त राष्ट्रसङ्घ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने निर्णय गरिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]