• चैत ११, २०७९
  • जुनकिरी खबर

वाईफाइ नेपालको सेवा अब इटहरीमा पनि

alt

इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाइ नेपालले आफ्नो सेवा कोशी प्रदेशको इटहरी र धरानमा पनि सुरु गरेको छ ।  शनिवार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै वाईफाइ नेपालका प्रमुख कार्यकारी अधिकृत सत्रुहन पन्जियारले शनिवारबाटै सुनसरीका धरान र इटहरी उपमहानगरभरी सेवा लिन सकिने बताए । 

२०७८ साउनमा काठमाण्डौबाट सेवा सुरुवात गरेको वाईफाइ नेपालले पोखरा र दमौलीमा सेवा सुरु गरिसकेको छ भने चाँडै कोशी प्रदेशको विराटनगर , बिर्तामोड र दमकमा पनि सुरुवात गर्ने तयारी भइरहेको बताएको छ ।

आवसिय प्रयोजनको लागि ५० एमविपिएस र ८० एमविपिएसको प्याकेज इन्टरनेट सेवा प्रदान गरिरहेको वाईफाइ नेपालले प्रतिमहिना ३३० र ५०० रुपैँयामै इन्टरनेट सेवा प्रदान गर्ने बताएको छ ।

सुरुमा सेवा लिन चाहाने ग्राहकले ५हजार ५ सयमा ५० र ७ हजार ५ सयमा ८० एमविपिएसको इन्टरनेट सेवा बर्षभरी लिन सकिने बताएको छ । पत्रकार सम्मेलनमा कम्पनीका अधिकृत सुशिल पौडेल र इटहरी प्रमुख राज पौडेलको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]