• चैत १४, २०७९
  • जुनकिरी खबर

उद्योग वाणिज्य संघ इटहरीद्धारा हेल्प डेक्स स्थापना

alt

इटहरी उद्योग वाणिज्य संघले व्यवसायीको सहजताका लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा मिस म्याच हेल्प डेक्सको स्थापना गरेको छ ।  आन्तरिक राजश्व कार्यलय इटहरीको सहकार्यमा चैत मसान्तसम्मका लागि मिस म्याचमा परेका व्यावसायीको सहायताका लागि हेल्प डेक्सको स्थापना गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए । 

आफ्नो कारोबारको साइज तथा आकारमा तलमाथि भएको कतिपय व्यावसायीलाई जानकारी नहुँदा व्यावसायीहरु धेरै जरिवानाको मारमा पर्ने भएकाले त्यसको सहजताका लागि आन्तरिक राजश्व कार्यालयमै हेल्प डेक्सको स्थापना गरिएको पराजुलीको भनाई छ ।

उद्योग वाणिज्य संघले आफ्नै कर्मचारी राखेर राजश्व कार्यालयमा कर तिर्न आउने इटहरीका व्यावसायीलाई पान नम्बर हेरिदिने साथै मिस म्याच सम्बन्धि कामको सहजिकरण गरिदिनेछन् । जसबाट व्यावसायीले आफ्नो मिस म्याच भएको कारोबार पत्ता लगाउन सक्नेछन् भने कर छुट समेत पाउने भएकाले चैत्र मसान्तसम्म उक्त हेल्पडेक्स कायम राखिने पराजुलीले बताए ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]