• चैत १६, २०७९
  • जुनकिरी खबर

नेपालमा कोरोना संक्रमण बढ्यो, स्वास्थ्य मापदण्ड अपनाउन चिकित्सकको आग्रह

alt

तथ्यांकले कोरोना भाइरसको संक्रमण क्रमशः बढ्दै गइरहेको देखाएकाे छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा कुल ९१५ जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १२३ रहेको छ ।

बुधबार कुल १ हजार ३३० जनाको परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको थियो । त्यसैगरी मंगलबार १ हजार ४२९ जनाको परीक्षणमा २४ जनामा संक्रमण देखिएकोमा सोमबार १ हजार २६६ को परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा हाल दैनिक एक हजार हाराहारीमा कोभिडको परीक्षण भइरहेको देखिन्छ । मन्त्रालयले सार्वजनिक गरेको एक हप्ताको तथ्यांक हेर्दा संक्रमण उकालो लाग्दै गरेको देखिन्छ । चैत ७ र ८ गते संक्रमण शून्यमा रहेकोमा त्यसयता दोहोरो अंकमा संक्रमण पुष्टि हुन थालेको छ ।

भारतमा संक्रमण बढ्न थालेसँगै त्यसको संकेत नेपालमा पनि देखिएको विज्ञहरु बताउँछन् । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार १६ नयाँ केशहरु पुष्टि भएका छन् । यो ६ महिनायता दैनिकरुपमा पुष्टि हुने संख्यामा सबैभन्दा हो । त्यसैगरी सक्रिय संक्रमितको संख्या १३ हजार ५०९ पुगेको छ । बुधबार २ हजार १५१ मा संक्रमण देखिएको थियो । महाराष्ट्र, दिल्ली, हिमान्चल प्रदेश, केरलामा संक्रमण बढिरहेको देखिन्छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]