• चैत १६, २०७९
  • जुनकिरी खबर

उद्योग वाणिज्य संघ झुम्काको निर्वाचन तत्काल रोक्न अदालतको आदेश

alt

उद्योग वाणिज्य संघ झुम्काको हुन लागेको निर्वाचन तत्काल रोक्न अदालतले आदेश दिएको छ । आगामी चैत्र १९ गते आइतबार हुने भनिएको चुनाव तत्काल नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

व्यावसायी केदार श्रेष्ठले उवासंघ झुम्कामा गैरव्यावसायीहरूलाई मतदाताका रूपमा प्रयोग गरिएको भन्दै उच्च आदालत विराटनगरमा निवेदन दिएका थिए । न्यायधीश किरणकुमारी गुप्ताको एकल इजलासले तत्कालका लागि निर्वाचन नगर्न आदेश दिएको हो ।

‘दुवै पक्षलाई राखि हुने छलफलबाट निष्कर्षमा पुगिने उपयुक्त हुने हुँदा देखिदाँ सो प्रयोजनका निमित्त २०७९।१२।१९ को पेशी तोकिई आइतबार हुन लागेको निर्वाचन नगरी यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी दिएको छ’ आदेशमा भनिएको छ ।

यसअघि रामधुनी नगरभित्र व्यावसाय सञ्चालन गर्ने मात्र मतदाता हुने भनिएपनि नगर बाहिर व्यावसाय भएको सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो ।

अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका थिए । अध्यक्षका लागि एकजनाबाहेक चारजनाले प्यानलै बनाएर चुनावी प्रतिष्पर्धामा थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]