• चैत १९, २०७९
  • जुनकिरी खबर

८ हजार ३ सय ३६ मिटर गहिराइमा भेटियो माछा

alt

समुद्रमा वैज्ञानिकहरूले ८ हजार ३३६ मिटरको गहिराइमा पौडिरहेको माछाको तस्बिर कैद गरेका छन् । यो अहिलेसम्मकै सबैभन्दा गहिराइमा माछा भेटिएको अभिलेख हो ।

स्नेलफिस प्रजातिको सिउडोलिपारिस प्रजातिको यो माछा २७ हजार ३४९ फिट गहिराइमा पौडिरहेको अवस्थामा भेटिएको बीबीसीले उल्लेख गरेको छ । यतिको गहिराइ भएको स्थान चोयू हिमालको उचाइभन्दा धेरै हो । चोयू हिमालको उचाइ ८ हजार १८८ मिटर(२६ हजार ८६४ फिट) छ ।

 माछा दक्षिण जापानको ईजू-ओगास्वारा ट्रेन्चमा रहेको 'ल्यान्डर'मार्फत कैद भएको बीबीसीले जनाएको । यो स्थान अहिलेसम्म माछा बाँचिरहेको अवस्थामा भेटिएको सबैभन्दा गहिरो रहेको बताइएको छ । यसअघि ८ हजार १७८ मिटरको गहिराइमा माछा भेटिएको थियो । उक्त स्थान प्रशान्त महासगरको मरिना ट्रेन्चमा पाइएको थियो । अहिले भेटिएको माछा पहिला अभिलेख भएको भन्दा १५८ मिटर गहिरो थियो ।

'यदि यो रेकर्ड तोडिएको छ भने केही मिटरको गहिराइले मात्रै हो, ' प्राध्यापक अला जेमिसनले बीबीसलाई भनेका छन् ।

वेस्टर्न अस्ट्रेलिया युनिभर्सिटीका वैज्ञानिकहरूले १० वर्षअघि संसारमा सबैभन्दा गहिरो स्थानमा माछा ८२ सय देखि ८४ मिटरसम्मको गहिराइमा पाउन सक्ने प्रक्षेपण गरेका थिए । अनुसन्धान गरेको करिब एक दशकपछि यसको पुष्टि भएको बीबीसीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]