• चैत २०, २०७९
  • जुनकिरी खबर

प्रदेश १ पुनः नामाङ्कनका लागि पहिचानवादीको १० दिने अल्टिमेटम

alt

प्रदेश नं १ पुनः नामाङ्कन सङ्युक्त सङ्घर्ष समितिले आफ्नो आन्दोलन जारी रहेको भन्दै चैत्र २७ गतेपछि माग पुरा गर्न सरकारपक्षलाई दश दिने अल्टिमेटम दिएका छन् ।  सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै पुन नामांकन सयुक्त संघर्ष समितिले चैत्र २६ गते दश दिने अल्टिमेटम चेतावनी पत्र हस्तान्तरण गर्ने लगायतका कार्यक्रम अघि सारेका छन् । उनिहरुले नेपालभरि जारी रहेको एसईई परीक्षालाई ध्यानमा राखेर २०७९ चैत १७ देखि २७ गतेसम्म सङ्घर्ष समितिको वृहत् जनप्रदर्शन, सभा, जुलुस, हड्ताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरु नरहेको बताउँदै आन्दोलनको ३३ औँ दिनमा पुग्दा समेत राज्यको तर्फबाट आन्दोलनलाई वेवास्था गरिएको बताएका छन् । 

 आन्दोलनमा मृत्यु भएका लाजेहाङ लिम्बु (पदम)लाई सहिद घोषणा, क्षतिपूर्ति र दाषीलाई कारवाहीको कुनै परिणाममुखी पहल नभएको बताउँदै उनिहरुले अब निर्णायक आन्दोलनको १० दिने चेतावनी (अल्टिमेटम) पत्रसहितको चैत २७ गतेसम्मको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।  

 आन्दोलनका कार्यक्रममा चैत्र २६ गते । राज्य निकायका प्रमुखहरुलाई १० दिने चेतावनी (अल्टिमेटम) पत्र दिने । चैत २१ देखि २७ गतेसम्म जिल्ला, गाउँ÷नगर र वडा तहसम्म सङ्घर्ष समिति गठन र जागरण अभियानलाई निरन्तरता दिने, आन्दोलनलाई सशक्त बनाउन सङ्घर्ष समितिको स्वयम्सेवक दस्ता निर्माण गर्ने,  कोशी नाम खारेजी किन ? भन्ने शिर्षकमा २०७९ चैत २० देखि २७ गतेसम्म प्रत्येक दिन बेलुकीको भर्चुअल आमसभा आयोजना गर्ने कार्यक्रम अघि सारिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]